जनयुद्धका शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्नेमा जोड

राजविराज, ४ पौष । पूर्व मन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता उमेशकुमार यादवले जनयुद्धका शहिद र वेपत्ता पारिएका परिवारले अझैं उचित सम्मान नपाएको प्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार सप्तरीको राजविराजमा ‘शहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशन’को प्रथम जिल्ला भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनयुद्धका शहिद एवम् वेपत्ता योद्धाका परिवारले अझैं उचित सम्मान नपाउनु अत्यन्तै दुःखद् हो’ उनले भने, ‘आफुहरु प्रयासरत रहदा समेत उहाँहरुका परिवारलाई सम्मान दिलाउन नसक्दा झन मन पिरोलिएको छ ।’

पछिल्लो पटक केही परिवारलाई समानुपातिकतर्फ प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि प्रयास गर्दा समेत केही नेताको व्यक्तिगत स्वार्थका कारण सिफारिसमा पर्न नसकेको नेता यादवले स्पष्ट गरे । भेलाका प्रमुख अतिथी समेत रहेका पार्टीका जिल्ला अध्यक्ष यादवले भने, ‘पार्टीमा लागेकाको नाम सिफारिसमा पर्नु त स्वभाविक नै हो तर पार्टीमा कुनै योगदान नै रहेको व्यक्तिको नाम पनि सिफारिसमा पारेर शहिद एवम् वेपत्ता योद्धाका पारिवारमाथि अन्याय नै भयो ।’

उनले जनयुद्धका शहिद एवम् वेपत्ता योद्धाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने र परिवारका सदस्यलाई उच्च शिक्षा अध्ययन निःशुल्क हुनुपर्नेमा जोड दिए ।

शहिद तथा वेपत्ता योद्धा सन्ततिको साँझा अभियान, वेपत्ता योद्धाहरुको स्थिती सार्वजनिक र शहिदहरुको राष्ट्रिय सम्मान मुलका साथ दिपु चौधरीको अध्यक्षतामा आयोजित भेलाले शहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनको जिल्ला समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा पशुपति यादव, उपाध्यक्षद्वयमा राम विलाश मण्डल र किरण यादव, सचिवमा कुमकुम झा, सहसचिवमा राजिव यादव र कोषाध्यक्षमा आशिका चौधरीलाई चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा भिम मुखिया, अर्जना ठाकुर, एकता झा, अनिषा चौधरी र आशिष चौधरी चयन गरिएको जनाएको छ । सो भेलामा शहिद एवम् वेपत्ता भएका परिवारहरुको अवस्था र समस्याबारे समेत चर्चा गरिएको छ ।

भेलामा शहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेशनका प्रदेश संयोजक राजु प्रतिहस्त, शहिद तथा वेपत्ता परिवारका समाज सप्तरीका जिल्ला इन्चार्ज सुखदेव साह लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780