कोरोना भाइरसबाट जोगिन नाकामा हेल्थ डेस्क स्थापना

राजविराज । सप्तरीमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन बलान बिहुलको रामनगर कोदरकट्टी र बेल्ही नाकामा हेल्थ डेस्क स्थापना गरी मंगलवारदेखि विदेशी तथा नेपालीहरुको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।

कोभिड १९ को नयाँ भेरिएन्टको जोखिमबाट सुरक्षीत(रोकथाम) हुनको लागि बलान–बिहुल गाउँपालिका दुई नाकामा हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा स्थापना गरिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन् ।

डेस्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गरिने तथा कोरोनाको लक्षण देखिने व्यक्तिहरुलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने अध्यक्ष खेमचन्द्र यादवले जानकारी गराए ।

रामनगर कोदरकट्टी र बेल्ही नाकामा भएर दैनिक ३ सय भारतीयहरु आउने गरेका छन् । परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यकासाथ हेल्थ हेस्क स्थापना गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस