जसपाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने भएको छ । कारबाहीका लागि गठित छानबिन समितिले आफ्नो काम थालेको हो ।

गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टीविरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरूसँग उपलब्ध सबुत प्रमाणहरू, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचारप्रसार सामाग्री उपलब्ध गराउन छानबिन समितिले माग गरेको उनको भनाई छ ।

पार्टीको राजनीतिक समितिको बैठकबाट गठित छानबिन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्त सम्मको समय सीमा पाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780