जनकपुरधाम – मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। प्रदेश सभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हो ।
दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आज दिउँसो साढे ३ बजे प्रकाशन हुने निर्वाचन तालिकामा उल्लेख गरिएको छ ।
प्रस्ताव भएको नामहरु आगामी माघ २ गते बस्ने प्रदेश सभा बैठकमा प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एमालेले सभामुख पदको लागि रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।
सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको बाँडफाँटको टुङ्गो केन्द्रबाटै लगाएका छन् । सोही सहमति अनुसार जनता समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख पाउने भएका छन् ।