मधेशका दुई स्वतन्त्र प्रदेश सांसद जसपामा प्रवेश

जनकपुरधाम – मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका दुई प्रदेश सांसद जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।

आज बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश सांसद सुरिता साह र प्रमोद जयसवाल जसपामा प्रवेश गरेका हुन् । प्रदेश सांसद साह महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए भने जयसवाल पर्सा निर्वाचन क्षेत्र नम्वर ३ (क) बाट निर्वाचन भएका हुन् ।

दुवै प्रदेश सांसदहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव, जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादव, जसपा मधेश प्रदेशका मुख्यसचिव दिनेशकुमार यादव लगायतको उपस्थिति थियो ।।

Author:



क्याटोगरी छान्‍नुहोस