बोदे बरसाइनमा टेम्पो दुर्घटना हुँदा ८ जना घाईते

राजविराज – सप्तरीको बोदेबर्साइन नगरपालिका–२ स्थित जोगियामा टेम्पो दुर्घटना हुँदा ८ जना घाईते भएका छ्न् । विसनपुर–बोदे बर्साईन सडक खण्डमा आइतवार दक्षिणतर्फ गइरहेको प्र.२–०१–००१ ह १०१५ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको हो ।

बाटोमा खेलिरहेको बच्चालाइ बचाउने क्रममा उक्त टेम्पो अनियन्त्रित प्रहरीले जनाएको छ । दुर्घटनामा सोही नगरपालिका–५ जाँजरकी ४० वर्षीया सैफुल, वडा नम्बर १० खडकपुरका ३० वर्षीय दशरथ ठाकुर, वडा नम्बर ७ हैठिकी ३५ वर्षीया फुलकुमारी राम घाइते भएका छन् ।

त्यस्तै, टेम्पो चालक खडक नगरपालिका–८ बिसनपुरका २४ वर्षीय कृष्ण चौधरी, बोदे बर्साइन–८ काचनका सोमन साहको ८ वर्षीय छोरा कृष्ण साह र छोरी १५ वर्षीया बुचि कुमारी साह, वडा नम्वर ९ देउरीकी ३८ वर्षीया गौरी देवी साह र सोही ठाउँका ३९ वर्षीय योगेन्द्र प्रसाद साह घाईते भएका छ्न ।

दुर्घटनाबारे थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस