भारतबाट आएको ८० हजार लिटर डिजेलमा मिसावट

जनकपुरधाम । भारतबाट नेपालमा आएको ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो ।

निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट आएको ४ वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले झापाको चारआली शाखामा रहेको ४ वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको छ । डिजेलमा मटीतेल मिसावटको आशंका छ । छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही गर्नेछ ।’

नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ । भारतमा भने कोटामा पाइने मटीतेलको प्रतिलिटर ३० देखि ५० रूपैयाँ सस्तो हुने गरेको छ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780