सप्तरीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

राजविराज — सप्तरीमा मंगलबार बिहान कार र पिकअप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका–९ विष्णु मन्दिर नजिक बिहान पौने ३ बजेतिर सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा बोकेको पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार रहेका सुनसरीको दुहबी नगरपालिका–३ का ४० वर्षीय राजकुमारी चौधरी र सोही स्थानका ४५ वर्षीय हरेराम साह हलुवाई रहेका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

सो दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको धर्मेस्वर अस्पताल रुपनगरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको छ । घटनामा पिक अपमा रहेको दुईवटा घोडाको पनि मृत्यु भएको जनाएको छ ।

यसअघि सोमबार राति पनि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका –३ पोर्ताहामा भारतीय नम्बर प्लेटको कारको ठक्करले नाम खुल्न नसकेका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जी जे १०–बिजी–८१३३ नम्बरको भारतीय नम्बरको कारको ठक्करले घाइते भएका ती पुरुषलाई उपचारका लागि भारदह अस्पताल पु¥याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक बिहारको सुपौल जिल्ला भीमनगरका राहुल सिंहलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस