प्रतिनिधिसभाको बैठक स्थगित, अब चैत ५ गते बस्ने

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

पूर्वनिर्धारित तालिका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने थियो । तर संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यसबीचमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन मिति तोकेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस