उपनिर्वाचनबारे छलफल गर्न जसपा कार्यकारिणी समिति बैठक बस्दै

जनकपुरधाम – जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

चैत ३ मा उपराष्ट्रपति बनेपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ। बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस