उपेन्द्र यादवद्वारा शहिद स्मारकमा माल्यार्पण

राजविराज – बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो पटक सप्तरीका आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मलेठस्थित शहिद स्मारकमा पुगी फूलमाला अर्पण गर्दै शहिदहरूप्रति सम्मान व्यक्त गरेका छन् ।

उनी सोमवार राजविराज आएका हुन् । उनीसँगै शहिद स्मारकमा पुगेका पार्टीकी केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणुकुमारी यादव, पार्टीका राजनीतिक समितीका सदस्य अमरनाथ मण्डल, केन्द्रीय सदस्य भिमराज यादव, मधेश प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादव, जिल्ला सचिव हरेरामप्रसाद यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव तारकेश्वर यादव र केन्द्रीय सदस्य श्यामकुमार यादव लगायतले पनि शहिद स्मारकमा पुगी फूलमाला अर्पण गरेका छन् ।

त्यहाँबाट फर्किएर राजविराजस्थित स्व.गजेन्द्रनारायण सिंहको स्मारकमा समेत अध्यक्ष यादवसहितका नेता कार्यकर्ताहरुले फूलमाला अर्पण छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा जसपा अध्यक्ष यादवले २८ हजार ४१५ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस