एसीसी मेन्स प्रिमियर क्रिकेटको ट्रफी सार्वजनिक

जनकपुरधाम – एसीसी मेन्स प्रिमियर क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।

सोमवार वर्षाका कारण रोकिन पुगेको नेपाल– युएईबिचको बाँकी खेल पुरा गर्नका लागि आज पुनः खेल सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण रोकिन पुगेको थियो । आजको खेल त्यहीबाट सुरु भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस