उपेन्द्र यादवले आज शपथ लिँदै

जनकपुरधाम – उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आज शपथ लिँदैछन् । वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा–२ बाट निर्वाचित भएका थिए ।

दिउँसो १ बजे यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

उपनिर्वाचनमै चितवन–२ र तनहुँ–१ बाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । सो शपथ समारोहमा यादव अनुपस्थित रहेका कारण आज शपथ खुवाउन लागिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस