उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण

जनकपुरधाम – उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित एक कार्यक्रमकाबीच अध्यक्ष यादवलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ खुवाएका हुन । बैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा-२ बाट यादव निर्वाचित भएका थिए ।

उपनिर्वाचनमै चितवन–२ र तनहुँ–१ बाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस