यातायात कार्यालय सुकेधाराका तत्कालिन उपसचिवविरुद्ध सवा एक करोडको भ्रष्टाचार मुद्दा दायर

जनकपुरधाम – अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालिन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भट्टराईविरुद्ध मंगलबार १ करोड १५ लाख रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार भट्टराईले सरकारी सेवामा रहँदा कमाएको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत खुलेको छैन ।

अख्तियारका अनुसार भट्टराईको सरकारी सेवा प्रवेश २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्मको वैध आम्दानी एक करोड ९२ लाख एक हजार ९२२ रहेको छ । तर, उनको खर्च भने तीन करोड ७ लाख ३१ हजार देखिएको छ ।

अख्तियारले अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस