आउँदो बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित हुनुपर्ने : उपेन्द्र

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकले अत्यन्तै आर्थिक संकट व्यहोरिरहेकाले सरकारले आउँदो बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका छन् ।

शनिबार भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्नेमा जोड दिए । उनले दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित नहुने पनि बताए ।

नेपाली नागरिकलाई भुटानी बनाएर कमाउने प्रथा चलाइएको आफूले पनि पहिलोपल्ट सुनेको र सरकारले छानबिन गरिरहेको भन्दै उनले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस