रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर 

काठमाडौं – सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसलालाई सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौड्यालले उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा पुनरावेदन जिकिर नपुग्ने भन्दै उच्च अदालतकै फैसला सदर गरेको बताए । उनले दुई जना प्रतिवादीहरु सीताराम चौधरी र गंगाराम चौधरी भने आरोपित कसुरबाट सफाई पाउने फैसला भएको बताए ।
अर्का प्रतिवादी लक्ष्मण थारु चौधरीको हकमा पहिलाको उच्च अदालतको आदेशअनुसार लागेको कैदमा केही कम अर्थात ३ वर्षको सजाय नै ठहर हुने फैसला भएको बताइएको छ ।
थरुहटको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको हत्या भएको थियो । सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालत दिपायलले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
Author:



क्याटोगरी छान्‍नुहोस