यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं – सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकममा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।

कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साबिक पिपरा बिर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परशुरामपुर र नजरियालाई नापी कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ ।

बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारित सडक सीमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ ।

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस