भारतमा दुई हजारको नोट नचल्ने

जनकपुरधाम – भारतको केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको छ । बीबीसीले जनाएअनुसार शुक्रबार आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र नोट चल्ने घोषणा गरेको हो ।

सन् २०१६ मा नोटबन्दीपछि दुई हजारको नोट प्रचलनमा आएको थियो । एकपटकमा २० हजार दरको मात्र नोट साट्न सकिनेछ । आरबीआईले दुई हजार दरको थप नोट बैंकले ग्राहकलाई दिन नपाउने पनि उल्लेख गरेको छ ।

सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दीको घोषणा गरेका थिए । नेपालमा रहेको नोट त्यो बेला साटिएको थिएन । अहिले दुई हजार दरको भारतीय नोट नेपालमा कारोबार गर्न प्रतिबन्ध छ । तर, सीमावर्ती क्षेत्रमा भने यसको प्रयोग हुने गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस