नीति तथा कार्यक्रममाथि छलफल आजदेखि

जनकपुरधाम – सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि सुरु हुने भएको छ। संघीय संसदका दुवै सदनमा छुट्टाछुट्टै बैठक बसेर नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बिहान ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा वाचन गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ।

सांसदहरुलाई शुक्रवार दिउँसो नीति तथा कार्यक्रममा संशोधन प्रस्तुत गर्न समय दिइएको थियो । आज नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत गर्ने र सम्बोधमाथि छलफल हुने कार्यसूचीसमेत छ ।

छलफलमा सांसदले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिने छन् । नीति तथा कार्यक्रमबारे छलफलमा विपक्षी दल नेकपा एमाले कडाइका साथ प्रस्तुत हुने भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस