रौतहटमा छुरा प्रहार गरी हत्या

रौतहट– रौतहटको गैर नगरपालिकामा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । वडा नम्वर ७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसित खानको झगडा भएको थियो । सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

छुरा प्रहारी गरी साविर भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस