१० वर्षको ‘लिभिङ टुगेदर’पछि प्रेमिबाटै महिलाको हत्या

राजविराज – सप्तरीमा १० वर्षदेखि ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी ४१ वर्षीया सोनितादेवी यादवलाई आफ्नै प्रेमिले हत्या गरेको रहस्य खुलेको छ । उनलाई हत्या गर्ने उनकै प्रेमि जिल्लाको राजविराज नगरपालिका–६ पुर्णीपोखरी टोलका ४२ वर्षीय शंकर शर्मा पक्राउ परेपछि सो कुरा बाहिरिएको हो ।

सोमबार सप्तरी प्रहरीले शर्मालाई सार्वजनिक गर्दै उनले सोनिताकै सल घाटीमा बेरेर हत्या गरेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार राजविराज नगरपालिका– ४ बजरंग चोकस्थित जिल्लाको बलान बिहुल गाउँपालिका–५ बस्ने सुनिता र शंकर डेरा लिएर बस्दै आएका थिए ।

गत वैशाख २४ गते बेलुका डेरामै सोनिता मृत भेटिएपछि घटनाको अनुसन्धान गर्ने क्रममा शंकरलाई वैशाख २६ गते जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

‘घटनाको २–४ दिनअघि नै सुनिताको अरुसँग सम्बन्ध रहेको भन्दै शर्माले विवाद गर्दै आएका थिए, सो दिन दिउँसो सोनिताले राजविराज बजारमा कोहीँ केटासँग गफ गरिरहेको देखेपछि थप विवाद भएको रैंछ’ एसपी कार्कीले भने, ‘विवादले हो–हल्ला भएपछि घरधनी शान्ति साहले दुवै जनालाई सम्झाइबुझाइ पठाउनुभएको थियो ।’

त्यति बेला उनीहरु चाउचाउ पकाएर खाए तथा राति करिब १०–११ बजेतिर सोनिताको लागि धेरै रकम खर्च भएको र अहिले आएर अरुसँगै लागेको शंकरले भन्न थालेपछि उनीहरुबीच पुनः विवाद सुरु भएको एसपी कार्कीले बताए ।

‘विवादकै क्रममा शंकरले राति २–३ बजेति मेरो पैसा र जीन्दगी सबै वर्वाद पारिस्भन्दा सोनिताले आफ्नै सलले आफ्नो घाटीमा बेरी म मरिदिन्छु भनि धम्काउन थालेछिन्’ उनले भने, ‘त किन मर्छेस्, मै मारिदिन्छु भनि शंकरले धकेलेछन् । धकेल्दा, सोनिता खाटको किनारामा ठोक्किन पुगिन र अनुहारमा चोट लाग्यो, शंकरले उठाएर खाटमा राखि घाटीमा बेरिएको सललाई कसेर हत्या गरेको रैंछ ।’

सोनिताको मृत्यु भइसकेपछि उनले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर शंकर घटनास्थलवाट फरार भएको एसपी कार्कीको कथन छ । ‘घटनापछि खोजतलासको क्रममा शंकरलाई तिलाठी कोईलाडी गाउँपालिका–१ को एरियामा लुकीछिपी भाग्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान अघि बढायौं ।’

शंकरको साथबाट सुनिताले बोक्ने मोबाइल र कानमा लगाउने सुन जस्तो देखिने मुन्द्रा समेत वरामद भएको एसपी कार्कीले बताए । ‘शंकरलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद १२ को ज्यान सम्वन्धि कसुरमा म्याद लिई अनुसन्धान प्रकृया अघि बढाएका छौं’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780