शहीद सूर्यनाथ राण यादवको ४०औं शहादत दिवस मनाइयो

दिपा यादव
राजविराज। महान् शिल्पिकारी शहीद कमरेड सूर्यनाथ राण यादवको ४०औं शहादत दिवस शनिबार सप्तरीको राजविराजमा विभिन्न कार्यक्रमसहित मनाइएको छ।

ने.क.पा. (माओवादी केन्द्र) सप्तरीद्वारा आयोजना गरिएको कार्यक्रम राजविराज नगरपालिका–७ स्थित जनयुद्ध पार्कको भवनमा सम्पन्न भएको हो। कार्यक्रममा राजविराज–७ का वडाअध्यक्ष सुभाष चन्द्र यादवको अध्यक्षता तथा वडा नं.१० का वडाअध्यक्ष गंगाराम खङको विशेष आतिथ्य रहेको थियो। कार्यक्रम सञ्चालन योगेन्द्र यादवले गरेका थिए।

शहीदप्रति श्रद्धाञ्जलि स्वरूप सहभागीहरूले एक मिनेट मौन धारण गर्दै शहीद सूर्यनाथ राण यादवको तस्वीरमा माल्यार्पण र अबिर अर्पण गरेका थिए। त्यसैगरी, श्रद्धाञ्जलि स्वरूप मैनबत्ती बालेर कार्यक्रम समापन गरिएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस