डाइन जोगिन

मुना चौधरी

 

घट्स्थापना दशैँके पहैनका दिन परैछै
गाममे सबकोइ घरके भित्तामे
कारिख, चुनसे
बन्या रहल छै डाइन जोगिनके चित्र
यी भित्ता चित्र चियै
यी एकटा परम्परा या पर्व चियै
घरके दुनु मोखमे, देहरीके दुनु भित्तामे
बसघरा या गाहलीके अगारीके भित्तामे
जैसना सैबके नजर परैछै
जैसना प्रवेशद्वार छै
ओह्या प्रवेशद्वारके दुनु कताके भित्तामे
डाइन जोगिनके चित्र
बन्यारहल छै घरमूली ।
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

डाइन जोगिनके चित्र
देखैले छै बहौत डराबनी
नाक, मुह या कान नै छै
बरका बरका कारी आइख मात्रे छै
आइख गुजारने छै
लागैछै बरीरी आइख देखके लोकसब
डरयाके भाइग जेतै ।
मुरी छै बरीटा, देह नै छै
बिना देहके डाइन जोगिनके मुरमे
कैरखाके कारी केस
छिरियाल, बितियाल
हवामे उरै छै
पेट नै छै
लाट्ठी जेखा हाथ, टाङ छै
टिरटिर पातर, कारी खोटखोट छै
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

घर,परिवारके नकारात्मक ऊर्जासे बचाइले
घरमे नकारात्मक ऊर्जा प्रवेश करैले नै दैले
घरमेके मोख सबमे बनाइछै
डाइनजोगिके चित्र,
घैला, डबनी या पतलीमे
डाइन जोगिनके चित्र बन्याके बारीमे
खेतके बाइल बिरहिके बीचमे, आइरमे
केकरो नजर नै लागे कैहके
बन्याक राखै छै डाइन जोगिनके चित्र
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

अइ चित्रके नाम चियै
आइन डाइन या डाइन जोगिनके चित्र
यी चियै मिथक परम्परा
घटस्थापनाके दिनसे
रैतका पहरमे गाममे
डाइन सब घुमै छै
सबके घरघरमे ढुकै छै
अढाइ अक्षरके मन्त्रसे
गाईमाल या आदमी सबके
खाइछै, क्षति पुगाइछै, से छै कहानी
डाइन जोगिनके रोकैले
या आपन घरभितर प्रवेश करैले नै दैले
धन जनके क्षति हैसे बचाइले
बसघरा, गाहली, देहरी, घरके मोखमे
बनाइछै डाइन जोगिनके चित्र
यहया चियै मिथक
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

लेकिन हमरा यी मिथकीय परम्परा
असल नै लागैये
एक दोसरके आरोप लगाइवला
परम्परा चियै
डाइन मानैवला परम्परा चियै
एक आदमी दोसर आदमीके कनङ्खे खेतै ?
कनङ्खे क्षति करतै ?
एकटा महिला जे केकरो
महताइर, बहैन या घरवाली चियै
तेकरा यी समाज जबरजस्ती
डाइनके ट्याग भिराइछै
कहैछै,
दशैँमे अधहा राइतमे नङ्टे डाइनसब
आइगसे भोरल घैला मुरमे बोइकके
ढेलावला खेतमे नाचै छै
विवाहीत महिला
जेठका बेटाके बोइल दयाके या
अविवाहीत लरकी त्तपन कोइख दयाके
डाइन सिखै छै
डाइन सब चोट चलाइछै
गुणविद्यासे लोकके मारै छै ।
हम नै पतियाइ चियै यी सब
दोसरके निचा देखेनाइ
आरोप लगेनाई
अपनाके भलदमी या
दोसरके डाइन कहनाइ
डाइनके आरोपमे महिला सबके
मारनाइ, पिटनाइ
धामीसे डाइन भगेनाइ
यी कनङ्खे कैहियासे अनुकरणीय परम्परा भेलै ?
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

जे परम्परा आदमीके मारै छै
दोसरके नौक्सान पुगाइछै
समाजमे समान व्यवहार नै करैछै
गाम, सममजमे एकता कायम नै राखैछै
दोसरके डाइन सावित करैछै
आरोप लगाइछै
से परम्परा कनङ्के निक परम्परा भेलै ?
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।

जे परम्परा अगारी बरहैके पेरा देखाइछ
से परम्परा या पर्वके मात्रे हम संरक्षण करबै
जे परम्परा समाजमे समानता कायम करैछै
मित्रता या मेलमिलाप कायम राखैछै
से परम्परा मात्रे हम मानबै
हँ हम घटस्थापना मानै चियै
लेकिन डाइन जोगिन नै मानै चियै ।
चाडपर्व मानै चियै लेकिन
विकृति नै मानै चियै
परम्परा मानै चियै लेकिन
कुसंस्कार नै मानै चियै ।
डाइन जोगिनके चित्र
बरीबरी आइख गुजारने छै ।
==============================
डाइन जोगिन

घट्स्थापना दशैँको पहिलो दिन पर्छ
यही दिन
घरको भित्तामा
कालो मोसो र सेतो चुनले
कोरिन्छ डाइन जोगिनको चित्र
यो भित्ते चित्र हो
यो एउटा परम्परा र पर्व हो
घर र दैलाको दुबै भित्तामा
बसघरा र गुहालीको अगाडिको भित्तामा
जहाँ सैबैको आँखा पर्छ
जहाँ प्रवेशद्वार छ
त्यही प्रवेशद्वारको दुबैतिरको भित्तामा
डाइन जोगिनको चित्र
कोरिरहेकी छिन् घरमूलीले ।
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

डाइन जोगिनको चित्र
हेर्दा देखिन्छ डर लाग्दो र भयानक
नाक, मुख र कान छैन
ठुलठुला काला आँखाहरू मात्र छन्
ठुलठुला आँख देखेर
लाग्छ मान्छेहरू
डराउँदै भाग्ने छन्
टाउको छ ठूलो, जिउ नै छैन
बिना जिउको डाइन जोगिनको टाउकोमा
कालो मोसोको कालै केश
छरिएर
हवामा उडिरहेको छ
पेट नै छै
लट्ठीको हाथ, खुट्टा छ
फु गर्दा ढल्ने खालको तर,
कालो जिउ र ठूलो टाउको छ
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

घर,परिवारलाई
नकारात्मक ऊर्जाबाट बचाउन
घरभित्र नकारात्मक ऊर्जा प्रवेश गर्न नदिन
घरको प्रवेशद्वारमा कोरिन्छ
डाइन जोगिको चित्र,
घैटो, गाग्री वा पतलीमा
डाइन जोगिनको चित्र कोरेर बारी,
खेतमा बालीनालीको बिचमा वा आलीमा
केसैको आँखा नलागोस् भनेर
बनाएर राखिन्छ ।
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

यो चित्रको नाम हो
आइन डाइन वा डाइन जोगिनको चित्र
यो हो मिथक परम्परा
घटस्थापनाको दिनदेखि
रातको प्रहरमा गामउँमा
बोक्सीहरू घुम्छन्
सबैको घरभित्र पस्छन्
अढाइ अक्षरको मन्त्रले
गाईगोरू र मान्छेहरूलाई
खान्छन्, क्षति पुर्याउँछन्, यस्तो छ कहानी
आफ्नो घरभित्र प्रवेश गर्न नदिन
धन जनको क्षति हुनबाट बचाउन
बसघरा, गुहाली र घरको प्रवेशद्वारमा
कोरिन्छ डाइन जोगिनको चित्र
यही हो मिथक
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

तर, मलाई यो मिथकीय परम्परा
राम्रो लाग्दैन । मन पर्दैन
एकअर्कालाई आरोप लगाउने
परम्परा हो यो
बोक्सा-बोक्सी मान्ने परम्परा हो यो
एउटा मान्छेले अर्को मान्छेलाई कसरी खान सक्छ ?
कसरी क्षति पुर्‍याउन सक्छ ?
एउटी महिला जो कसैकी
आमा, बहिनी र स्वास्नी हुन्
उसलाई यो समाजद्वारा
बोक्सीको आरोप लगाइन्छ
भनिन्छ,
दशैँभरि मध्य राइतमा नाङ्गै बोक्सीहरू
आँगोले भरिएको घैटो टाउकामा बोकेर
माटाको डल्ला भएको खेतमा लहरै नाच्छन्
यहीवेला,
विवाहीत महिला
जेठो छोरोलाई बली चढाएर र
अविवाहीत केटी
आफ्नो कोख दिएर
अढाइ अक्षरको बोक्सी मन्त्र सिक्छन् ।
बोक्सीहरू मन्त्रले टोक्छन्
गुणविद्याले मान्छेलाई मार्छन्
तर यी सबै अन्ध विश्वास हुन्
यस्तो अन्धविश्वामा म विश्वास गर्दिनँ
अरूलाई निच देखाउनु
आरोप लगाउनु
अफूलाई भलादमी र
अरूलाई जबरजस्ती बोक्सीको ट्याग भिराउने
डाइनको आरोपमा महिलाहरूलाई
कुट्ने, पिट्ने
झाक्रीद्वारा बोक्सी भगाउने
यो कसरी कहिलेदेखि अनुकरणीय परम्परा ?
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

जुन परम्परा मानवताहीन छ
अरूलाई नोक्सान पुर्याउँछ
समाजमा समान व्यवहार गर्दैन
गाउँमा एकता कायम नै राख्दैन
अरूलाई बोक्सी सावित गर्दै
आरोप लगाउँछ
यो परम्परा कसरी अनुकरण गर्ने ?
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

जुन पर्वले अगाडि बढ्ने बाटो देखाउँछ
त्यो परम्परा र पर्वको मात्र म संरक्षण गर्छु
जुन परम्पराले समाजमा समानता कायम गर्छ
मित्रता, सद्भाव र मेलमिलाप कायम राख्छ
त्यो परम्परा मात्र म मान्छु
हो, म घटस्थापनालाई स्वागत गर्छु
तर बोक्सी मान्दिनँ
चाडपर्व मान्छु तर,
विकृति स्विकार्दिनँ
परम्परा मान्छु तर,
अरूलाई बोक्सी सावित गर्ने
कुसंस्कारलाई लत्याउँछु
डाइन जोगिनका चित्र
ठुल्ठुला आँखाले हेर्दै छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस