सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

file photo

राजविराज । सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार नुहाउने क्रममा दुवै बालिका पोखरीमा डुबेका थिए। स्थानीयले प्रहरीलाई जानकारी गराएपछि गाउँलेको सहयोगमा दुवै बालिकाको शव पोखरीबाट निकालिएको हो। बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। गाउँमा शोकको वातावरण छाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस