मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ

काठमाडौं । मधेश प्रदेश प्रमुखमा नियुक्त सुरेन्द्र लाभ कर्णले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् ।

शीतल निवासमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले मङ्गलबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए ।

अर्थशास्त्रमा विद्यावारिधी प्राप्त डा. लाभ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य थिए । उनी शैक्षिक, आर्थिक र नीतिगत क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छ । उनी साहित्य क्षेत्रमा समेत चर्चित छन् ।
संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम राष्ट्रपतिले मधेश प्रदेश प्रमुख सुवेदीलाई पदमुक्त गरेको विज्ञप्ति मार्फत सार्वजनिक गरिएको थियो । सोमबार बिहान बर्दिवासस्थित होटल पानसमा नेकपा ९एमाले० संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

संविधानको धारा १६८९२० अनुसार गठबन्धनको दाबी विचार गर्न सकिने स्थिति हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा ९३० का आधारमा एमाले नेता यादवलाई मुख्यमन्त्री बनाएकी थिइन् । उक्त नियुक्ति पश्चात मधेश प्रदेशमा राजनीतिक दल तथा प्रदेशसभा सदस्यहरुले विरोधमा उत्रेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस