राम–सीताको पवित्र वैवाहिक स्थल मणि मण्डप पर्यटनको गन्तव्य(फोटो फिचर)

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ रानी बजारस्थित नवनिर्मित मणि मण्डप आन्तरिक तथा वाह्य पर्यटनको गन्तब्यको रुपमा विस्तार हुँदै गएको छ । मणि मण्डप परिसरभित्र दुईतले जनक दरबार, एउटा धर्मशाला, प्यालेस, स्वयंवर मण्डप, मन्दिर, पसललगायत भौतिक संरचनाहरु निर्माण गरिएको छ ।

मणि मण्डप परिसरको चार बिघा १६ धुर क्षेत्रफलमा निर्माण गरिएको आकर्षक संरचनामा जनक दरबारमा मुगल शैलीको बुट्टा कुँदिएको छ । त्रेता युगमा राम र सीताको विवाह भएको स्थानलाई मणिमण्डपको रुपमा संरक्षण गरिएको छ ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष मणि मण्डपमा नेपाल तथा भारतको विभिन्न जिल्लाहरुबाट श्रद्धालुभक्तजनका साथै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदैगएको छ । विश्व हिन्दू परिषद्द्वारा आफ्नै खर्चमा नव जोडीहरुको सामूहिक विवाह सम्पन्न गराउँदैआएका छन् । यो वर्ष पनि यो परम्परालाई निरन्तरता दिइएको छ । यो स्थललाई म्यारिज स्पटको रुपमा विकास गर्न सके संसारभरी चिनाउन सकिन्छ ।

Photo Credit: Shyam Sundar Yadav/Janakpurddham,

Author:



क्याटोगरी छान्‍नुहोस