नेपाली सङ्गीतमा स्वरसम्राज्ञी आशा भोसले

मधेशलाइभ डेस्क । आशा गणपतराव भोसले (जन्म– ८ सेप्टेम्बर १९३३) भारतीय उपमहाद्वीपकी चर्चित तथा बहुमुखी पाश्र्वगायिका हुन्। हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले दशकौँसम्म राज गर्ने उनी स्व. लता मंगेशकरकी कान्छी बहन तथा प्रसिद्ध गायक–अभिनेता दिनानाथ मंगेशकरकी छोरी हुन्। झण्डै १५–१६ हजार गीत गाइसकेकी आशा भोसले विश्वभर प्रशंसकको ठूलो दायरा बनाउने महान कलाकारका रूपमा परिचित छिन्। हिन्दी बाहेक मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजीदेखि रूसीसम्म १४ भन्दा बढी भाषामा गीत गाएर उनले अपार लोकप्रियता कमाएकी छन्।

आशा भोसलेको जन्म महाराष्ट्रको सांगली जिल्लामा एक संगीतप्रेमी परिवारमा भयो। उनका पिता दिनानाथ मंगेशकर प्रसिद्ध शास्त्रीय गायक थिए। बाल्यकालदेखि नै संगीत सिक्न पाएकी आशाले नौ वर्षको उमेरमै आफ्ना पिता गुमाइन्, जसपछि परिवार कोल्हापुर र त्यसपछि मुम्बई सरेको थियो। आर्थिक कठिनाइका कारण लता र आशा दुवैले सानै उमेरमा फिल्ममा अभिनय र गायन सुरु गरे। १९४३ मा उनले पहिलो मराठी गीत ‘चला चला नव बाकका…’ गाइन् भने १९४८ मा हिन्दी फिल्म चुनरिया को ‘सावन आया…’ गीतबाट उनी हिन्दी संगीतमा प्रवेश गरिन्।

गीत, गजल, पप, भजन, शास्त्रीय र कव्वाली– सबैतिर समान रूपमा सफल आशाको गायन यात्रा सहज थिएन। १९५० को दशकमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकरको प्रभावका बीच उनलाई प्रायः ‘बी’ र ‘सी’ ग्रेड फिल्ममै गाउने मौका मिल्थ्यो। तर १९५७ को नया दौर उनका लागि ठूलो मोड बन्यो। ओ.पी. नैयरको संगीतमा गाएका उनका गीतहरूले उनलाई पहिलो ठूलो पहिचान दिलायो। त्यसपछि बिमल राय, सचिन देव बर्मन, रवि, खासगरी आर.डी. वर्मनसँगको सहकार्यले आशालाई वैश्विक स्तरमै स्थापित ग¥यो। तीसरी मंजिल (१९६६) का ‘ओ हसीना…’ र ‘आजा आजा…’, उमराव जान (१९८१) का ‘दिल चीज क्या है…’ र ‘इन आँखों की मस्ती…’ तथा रंगीला (१९९५) का ‘तन्हा तन्हा…’ जस्ता गीतहरू उनको करियरका माइलस्टोन मानिन्छन्। उमराव जान र इजाजतका गीतका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार पनि प्राप्त गरिन्।

आशाको व्यक्तिगत जीवन उतारचढावले भरिएको छ। १६ वर्षको उमेरमा उनले परिवारको इच्छा विपरीत गणपतराव भोसलेसँग विवाह गरिन्, तर यो विवाह असफल भयो। पछि १९८० मा उनले संगीतकार राहुल देव वर्मन (पञ्चम दा) सँग विवाह गरिन् र अन्तिम समयसम्म उनीहरूबीचको सम्बन्ध मजबुत रह्यो। आशाका तीन सन्तान र पाँच नातिनातिनी छन्। उनी उत्कृष्ट रसोइया पनि हुन् र ‘आशाज’ नामबाट दुबई तथा कुवेतमा उनका रेस्टुरेन्ट सञ्चालनमा छन्।

सात दशकभन्दा लामो गायन यात्रामा आशा भोसलेले आफ्नो बहुमुखी प्रतिभा, अनवरत मेहनत र स्वरको जादूले भारतीय संगीतलाई विश्वपहिचान दिलाइन्। आज पनि उनको आवाज लाखौँका लागि प्रेरणा र आनन्दको स्रोत बनेर जिउँदो रहिरहेकै छ।

नेपाली गीतमा आशा
चर्चित गायिका आशा भोसलेले नेपाली गीतसङ्गीतको क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याएकी छिन् । आशाले चलचित्र र गैर चलचित्रका लगभग १६ हजार गीत गाएर विश्व रेकर्ड समेत बनाएकी छिन् । नेपालका मुर्धन्य सङ्गीतकार एवम् गीतकार टिका भण्डारीका अनुसार उनको मूल विशेषता भनेको शास्त्रीय, गजल र पप सहित हरेक क्षेत्रमा उनले आवाजको जादू बाँडेकी छन् र समान सफलता पाएकी छन् ।

उनी सन् २०१९ मा कार्यक्रमका लागि पहिलो पटक नेपाल आएकी थिइन् । उनले गाएका केही नेपाली चलचित्रका गीतहरू गैरी खेतको सिरै हान्यो, बसन्त नै बस्न खोज्छ यहाँ, साउने झरीमा, दियो बाली साँझको, मोहनी लाग्ला है, पहाडको माथि घुम्दै उडेर, किन बढ्दैछ ढुकढुकी, आज हाम्रो भेट भाको दिन, एउटा मान्छे मन पर्छ, यति धेरै माया दियौ, म प्यार बेची दिन्छु, तिम्रो मनमा लुकेको कुरा, मेरो मनको, माया त माया हो, दियो बाली साँझको, लै बरी मेरो मायालु, को होला मेरो मायालु, गुराँस फूल्यो वनैभरी लगायतका छन् । उक्त गीतहरु अझैं पनि नेपाली श्रोतामाझ लोकप्रिय छन् ।

अवार्ड, सम्मान तथा विभूषण
भारतीय संगीत क्षेत्रमा अद्वितीय योगदान दिने महान् पाश्र्वगायिका आशा भोसले विश्वभर प्रसिद्ध छिन् । विभिन्न राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन् उनी । hi.wikipedia.org  का अनुसार उनले प्राप्त गरेकाप्रमुख पुरस्कार र सम्मानहरूः
फिल्मफेयर–श्रेष्ठ महिला पाश्र्वगायिका पुरस्कार
१९६८ – गरीबों की सुनो (दस लाख – १९६६)
१९६९ – परदे में रहने दो (शिकार – १९६८)
१९७२ – पिया तु अब तो आजा (कारवाँ – १९७१)
१९७३ – दम मारो दम (हरे रामा हरे कृष्णा – १९७२)
१९७४ – होने लगी है रात (नैना – १९७३)
१९७५ – चैन से हमको कभी (प्राण जाए पर वचन न जाए – १९७४)
१९७९ – ये मेरा दिल (डॉन – १९७८)
फिल्मफेयरका अन्य सम्मान
१९९६ – स्पेशल अवार्ड (रंगीला – १९९५)
२००१ – फिल्मफेयर लाइफटाइम एचिभमेन्ट अवार्ड
राष्ट्रिय फिल्म पुरस्कार (भारत)
१९८१ – दिल चीज क्या है (उमराव जान)
१९८६ – मेरा कुछ सामान (इजाजत)
अन्य महत्वपूर्ण पुरस्कारहरू
१९८७ – नाइटिङ्गेल अफ एशिया अवार्ड (इन्डो–पाक एसोसिएशन, यूके)
१९८९ – लता मंगेशकर अवार्ड (मध्य प्रदेश सरकार)
१९९७ – स्क्रिन–भिडियोकन अवार्ड (जानम समझा करो – एल्बम)
१९९७ – एमटीभी अवार्ड (जानम समझा करो – एल्बम)
१९९७ – च्यानल–भी अवार्ड (जानम समझा करो – एल्बम)
१९९८ – दयावती मोदी अवार्ड
१९९९ – लता मंगेशकर अवार्ड (महाराष्ट्र सरकार)
२००० – सिङ्गर अफ द मिलेनियम (दुबई)
२००० – जी गोल्ड बलिउड अवार्ड (मुझे रंग दे – तक्षक)
२००१ – एमटीभी अवार्ड (कम्बखÞ्त इश्क)
२००२ – बीबीसी लाइफटाइम एचिभमेन्ट अवार्ड (यूके प्रधानमन्त्री टोनी ब्लेयरद्वारा प्रदान)
२००२ – जी सिने अवार्ड – श्रेष्ठ महिला पाश्र्वगायिका (राधा कैसे न जले – लगान)
२००२ – जी सिने स्पेशल अवार्ड (हॉल अफ फेम)
२००२ – स्क्रिन–भिडियोकन अवार्ड (राधा कैसे न जले – लगान)
२००२ – स्यान्सुई मुभी अवार्ड (राधा कैसे न जले – लगान)
२००३ – यसुदास अवार्ड (भारतीय संगीतमा उत्कृष्ट योगदान)
२००४ – लिभिङ लिजेन्ड अवार्ड (ँक्ष्ऋऋक्ष्)
२००५ – एमटीभी भ्ःभ् अवार्ड – बेस्ट फिमेल पप एक्ट (आज जाने की जिद न करो)
२००५ – मोस्ट स्टाइलिश पीपुल इन म्युजिक
सम्मान र विशेष पहिचान
१९९७ – आशा भोसले ग्र्याम्मी अवार्डका लागि नोमिनेट हुने पहिलो भारतीय गायिका बनिन् (उस्ताद अली अकबर खानसँगको एल्बमका लागि)।
२००० – भारत सरकारद्वारा दादासाहेब फाल्के अवार्ड।
अमरावती विश्वविद्यालय र जलगाँव विश्वविद्यालयबाट मानद डक्टरेट ।
फ्रेडी मक्र्युरी अवार्ड – कलामा उत्कृष्ट उपलब्धिका लागि ।
२००२ – बर्मिङ्घम फिल्म फेस्टिभल आशा भोसलेकै नाममा समर्पित ।
२००८ – पद्मविभूषण – भारत सरकारद्वारा राष्ट्रपतिको हातबाट प्रदान गरिएको उच्च सम्मान ।

Author:



क्याटोगरी छान्‍नुहोस