रास्वपाले अब विकासको युग शुरु गर्नेछ: नेता ई. सुरेन्द्रनारायण (भिडियो हेर्नुहोस्)

राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका नेता ई. सुरेन्द्रनारायण यादव हालै सम्पन्न निर्वाचनमा प्राप्त जनाधारबाट आफुहरुको पार्टी विकासको युग शुरुवात गर्न लागेको बताएका छन् ।

मधेशलाइभ पोडकास्टमा उनले मधेशका मुद्दाका साथै देशको समग्र विकास एवम् परिवर्तनका लागि अगाडि बढ्ने विश्वास व्यक्त गरे । विगतमा राजनीतिक दलहरुले अपेक्षाकृत जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले भने ‘जनताले रास्वपालाई माइन्डेट दिएको छ, अब विकासको युग शुरुवात हुन लागेको छ ।’

राजनीतिक लडाइ लड्नुपर्ने अवस्था अब नरहेको दावी गर्दै रास्वपा नेता यादवले प्रदेशलाई समेत अधिकारसम्पन्न बनाउने विश्वास व्यक्त गरे । विगतमा मधेशसँग अझैं विभेद रहेकोमा बालेन नेतृत्वमा बन्न लागेको सरकारले समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ‘अब मधेशसँगै देशको विकास हुनेछ, परिवर्तनको अनुभूति जनताले गर्न पाउनेछन् ।’

विस्तृत भिडियो हेर्नुहोस् :

 

Author:



क्याटोगरी छान्‍नुहोस