काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनाउने भएको छ ।
पार्टी सभापति रवि लामिछाने, शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले बीच बिहीबार भएको छलफल पश्चात प्रधानमन्त्रीको विषयमा टुङ्गो लगाएको हो । शाहले आगामी चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने जनाइएको छ ।
चैत १२ गते नव–निर्वाचित सांसदहरूको शपथ ग्रहण पश्चात नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने तथा शाहले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नेछन् । छलफलमा सरकार गठनको कार्यतालिकाबारे टुङ्गो लगाएको हो । बालेन्द्र प्रधानमन्त्री हुने वा नहुनेबारेको बहस अन्त्य भएको छ ।