इच्छुकको सम्झनामा

 

रोशन जनकपुरी

प्रिय कवि !
अनेक गौंडा पार गरेर
अहिले हामी जहाँ पुगेका छौँ,
तिमीले छाडेर गएको भन्दा खासै भिन्न छैन ,
वर्षौं पहिले,
तिम्रो सहादतको बेला
पोखिएका रगतका छिर्काहरु
अझै आलै भएजस्तो भान हुन्छ,
हेर न !
‘इतिहासको यस संक्रमणशील घडीमा,
भोको पेटका ऊर्जस्वी चेतनाहरुलाई
निधारबाट रगतका बाछिटाहरु पुछेर ‘ ,
भद्र पुरुष ,
तिमीले भने जस्तै
‘दयालु मुद्रामा विषालु खाजा पस्कि रहेछ ‘ ,
तर भोका मानिसहरुको मुक्तिको महायात्राका
गीत गाउन,
प्रिय कवि !
यस युगलाई पनि
तिमि जस्तै एउटा नयाँ इच्छुक चाहिएको छ |

जेठ १३ गते सहिद कवि कृष्णसेन ‘ईच्छुकको स्मृति दिवस हो !
जन्म – वि.सं. २०१३ कार्तिक
सहादत – वि.सं. २०५९जेठ १३, महेन्द्र पुलिस क्लबमा कुटेर निर्ममतापूर्वक हत्या ।
लाल सलाम कमरेड कृष्णसेन इच्छुक !

Author:



क्याटोगरी छान्‍नुहोस