गर्मी मौसममा स्वस्थ रहन के खाने, के नखाने?

डा. सुष्मा साउद

तराईमा बस्नुहुन्छ भने यतिबेला तपाईंहरू असह्य गर्मीको सामना गरिरहनुभएको हुन सक्छ।

आयुर्वेदअनुसार गर्मी मौसममा शरीरमा पित्त दोष बढ्ने भएकाले शरीरलाई शीतल राख्ने आहार, विहार र व्यवहार अपनाउन आवश्यक हुन्छ।

“हितभुक्, मितभुक्, ऋतुभुक् च निरामयः।”

अर्थात्, हितकर, सन्तुलित तथा ऋतुअनुसारको भोजन गर्ने व्यक्ति निरोगी रहन्छ। त्यसैले गर्मीमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।

गर्मीमा के गर्ने?
• प्रशस्त मात्रामा पानी पिउने।
• नरिवल पानी, सर्बत, बेल, काक्रो, तरबुजा, खरबुजाजस्ता शीतल प्रकृतिका खाद्य पदार्थ सेवन गर्ने।
• दिउँसोको चर्को घामबाट जोगिने।
• हल्का तथा सजिलै पच्ने भोजन गर्ने।
• पर्याप्त निद्रा र आराम गर्ने।

यी कुरामा विशेष ध्यान दिनुहोस् :
• अत्यधिक पिरो, अमिलो तथा तारेका परिकारको सेवन नगर्ने।
• मदिरा सेवन तथा धूम्रपानबाट टाढा रहने।
• लामो समयसम्म घाममा बस्ने बानी त्याग्ने।
• पर्याप्त पानी नपिई बाहिर काम नगर्ने।

यी बानीहरूले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन्। त्यसैले दुई–तीन महिनासम्म रहने गर्मी मौसमलाई सहज रूपमा पार गर्न औषधिभन्दा पहिले आफ्नो जीवनशैली र खानपानलाई मौसमअनुकूल बनाउनुहोस्। शरीरलाई शीतल राख्न सकियो भने धेरै मौसमी समस्याबाट बच्न सकिन्छ।

Author:



क्याटोगरी छान्‍नुहोस