तनावग्रस्त सिरहा : झडपमा एक किशोरको मृत्यु, एबी मलमा आगजनी

गोलबजार । सिरहामा जारी प्रदर्शन हिंस्रक बन्दै जाँदा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेका छन्। झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले गणेश यादवको निधन भएको जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनाप्रति प्रशासन गम्भीर रहेको बताए।

बिहीबार बिहानदेखि प्रदर्शन उग्र बनेपछि सिरहाको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। सम्भावित थप हिंसा रोक्न प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ भने जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

यसैबीच, गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। प्रदर्शन उग्र बनेसँगै आगजनी र तोडफोडका घटना पनि भएका छन्।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेका छन् भने प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस