राजविराजमा अनिश्चितकालीन कर्फ्यु लागू

राजविराज । सम्भावित आन्दोलनका कारण शान्ति–सुरक्षा अवस्था प्रभावित हुन सक्ने निष्कर्षपछि सप्तरीको राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार बिहान बसेको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै बिहान ८ बजेदेखि लागू हुने गरी कर्फ्यु जारी गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार पूर्वमा खाँडो खोलादेखि पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी थलहीसम्म, उत्तरमा रुपनी रोडस्थित बसबिट्टी चोकदेखि दक्षिणमा कोशी पश्चिमी मूल नहरसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम अर्को आदेश जारी नभएसम्म कर्फ्यु कायम रहने प्रशासनले जनाएको छ। कर्फ्यु आदेश उल्लंघन गर्ने वा शान्ति–सुरक्षामा असर पुग्ने गतिविधिमा संलग्न हुने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले चेतावनी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस