औषधी कालोबजारी गर्ने जनता मेडिकल स्टोरका संचालक पक्राउ

मोरङ, १७ जेठ । मोरङको विराटनगर–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालकलाई औषधी कालोबजारी गरेको आरोप पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका ३५ वर्षीय रविकुमार रजकलाई आइतवार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा रजकको घरबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धी औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र स्थानिटाइजर लगायत ४६ कार्टुन, एक बोरा तथा ७ कार्टुन लेवलिङ गरेको औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रजकले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780