मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्रः दलित र महिलालाई पनि सरकारमा सहभागी गराऊ (पत्रसहित)

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज)ले मन्त्रिपरिषद् समावेशी बनाउन मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखेका छन् ।

पत्रमा सरकार २ को सरकार बनाउँदा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदायलाई सहभागिता गराउन स्मरण गराइएको छ ।

मधेशी दलितलाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र गैरमधेसीलाई पनि सहभागी नगराइएको भन्दै प्रदेश प्रमुख झाले मुख्यमन्त्रीलाई चार पृष्ठको पत्र पठाएका हुन् । संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा दलित, महिला र गैरमधेशी समूदायलाई उचित स्थान दिन पत्रमा भनिएको छ ।

 

Author:



क्याटोगरी छान्‍नुहोस