एसिड पीडितले नि:शुल्क उपचार पाउने, सरकारले तोक्यो चार अस्पताल

जनकपुरधाम । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो ।

मन्त्रालयले ‘एसिड आक्रमणमा परेका पीडितहरूको उपचार सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेसँगै एसिड पिडितहरुले निशुल्क उपचार पाउने भएका हुन् ।

उनीहरुले काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा नि:शुल्क उपचार गर्न सक्नेछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस