आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

खोटाङ, १३ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ बर्षीय सुवर्ण राई छन् ।

राइले आजै (आइतावर) आफ्नो ७२ बर्षीय बुवा चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस