थप २ हजार ६३६ जनामा कोरोना संक्रमण, ४ हजारबढी निको भए

काठमाडौं, १५ असार । नेपालमा थप २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना संक्रमित थपिएका हुन् ।

कुल सात हजार २५९ जनामा पिसिआर परीक्षण गर्दा १७२८ र ४४८९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४ हजार ३४८ जना संक्रमण मुक्त भएका छन् ।

यसैगरी २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस