भारतीय अभिनेता दिलीपकुमारको निधन

जनकपुरधाम । । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बीबीसीका अनुसार उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । ९८ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

उनी पछिल्ला केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए । हिन्दुजा अस्पतालका डाक्टर जलील पालकरले दिलीपकुमारको निधनको पुष्टि गरेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

दिलीप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सांस्कृतिक क्षेत्रमा ठूलो क्षति भएको बताउका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस