प्रतिनिधिसभाबाट स्थिर सरकार दिएर प्रतिगमनकारीलाई दण्डित गरौंः डा.भट्टराई

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको अदालतको फैसलापछि अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ नरहेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत संविधानलाई ट्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थित सरकार दिनुपर्नेमा जोड दिएका हुन् । ‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन् । संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थिर सरकार दिऊँ’ उनले लेखेका छन्–‘प्रतिगमनकारीलाई दण्डित गरौं !’

उनले अदालत र संसद पुर्नस्थापनाको अभियानमा संलग्न सबैलाई बधाई र धन्यवाद समेत दिएका छन् । ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद !’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780