कोरोना भाइरसः नेपालमा थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

जनकपुरधाम। कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । पर्सामा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो पटक पर्साको पोखरिया–९ का १८ वर्षिया किशोरी तथा वीरगञ्ज–५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । गत सोमवार (साउन १९ गते) झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनको स्वाव संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो । यस्तै वीरगञ्ज–५ का ४६ का पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मधुमेहका रोगी ती पुरुषमा ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । गत साउन १९ गते स्वाव संकलन गरिएकोमा त्यही दिन उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । यसैगरी बुधबार ३ सय ८१ थपिए बुधबार ३ सय ८१ थप कोरोना संक्रमित थपिएका छन् ।

बुधवार देशभरीका अस्पतालमा ६ हजार १ सय ७३ जना संक्रमित उपचाररत रहेका छन भने हालसम्म १५ हजार १ सय ५६ जना कोरोनामुक्त भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस