शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको लागि तालिबान र सरकारबीच वार्ता जारी

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबान लडाकुहरु केन्द्रीय राजधानी घुस्न थालेपछि अफगानिस्तानका राष्ट्रपति असरफ गनीले आपतकालीन बैठक बोलाएका छन् ।

बीबीसी हिन्दीमा उल्लेख भएअनुसार राष्ट्रपति गनी, अमेरिकाका विशेष दूत जलमे खलिलजाद र नेटोका अधिकारीहरु बिच वार्ता भइरहेको छ । तालिबानले काबुल बाहेक देशका सबै शहर र प्रान्तीय राजधानी कब्जा गरिसकेको अवस्थामा यो आपतकालीन बैठक बोलाइएको हो ।

शनिबार मात्र राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्दै सेनाहरु संगठित गर्ने र हिंसा रोक्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यसको मतलब उनी तालिबानसँग भिड्ने पक्षमा थिए । तर अब भने अवस्था फेरिसकेको छ । तालिबानले काबुलको ढोकामै पुगेर उसले सरकारलाई आत्मसमर्पण गर्न चेतावनी दिएको खबरहरु आएका छन् ।

तालिबानसँगको सहमतिमै नेटोका सेनाहरु स्वदेश फर्केका हुन् जसका कारण नेटोले तालिबानले पुरै देश कब्जा गरिसकसेको अवस्थामा सहयोग गर्ने सम्भावना कम छ । यसैबीचमा तालिबानले सरकार र आफूहरुबीच सत्ता शान्तिपूर्ण ढंगले हस्तान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780