प्रदेश १ मा थप ६६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस