आज देशका धेरै स्थानमा वर्षा हुने

जनकपुरधाम । हाल देशभर सामान्य बदली रहेको छ । प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

नेपालमा अहिले मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश–१ का एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

राति देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस