अफगानिस्तानमा १० हजारभन्दा बढी मानिस उद्धारको प्रतीक्षामा

काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने समयसीमा सकिन अझै हजारौँ मानिस काबुल विमानस्थलभित्र र बाहिर उद्धारको प्रतीक्षामा छन् । अगष्ट ३१ मा उद्धारको समय सकिँदैछ ।

एक अमेरिकी सैनिक अधिकारीका अनुसार १० हजारभन्दा बढी मानिसले काबुल विमानस्थलमा प्रतीक्षा गरिरहेका छन् । बितेको २४ घण्टामा १९ हजार मानिसलाई उद्धार गरिएको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ । तालिबानले सत्ताकब्जा गरेपछिका १० दिनमा ८२ हजारभन्दा बढी मानिसलाई काबुलबाट उद्धार गरिएको छ ।

डरका कारण अफगानिस्तान छोड्न हतारिहेको छन् । तर, विमानस्थलसम्म पुग्न नसकेका अफगान नागरिकको संख्या हजारौँ रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच, संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना नागरिलाई काबुल विमानस्थल छोड्न चेतावनी दिएका छन् । सुरक्षा खतरा रहेको कारण देखाउँदै त्यहाँ यात्रा नगर्न आग्रह गरेका हुन् ।

अमेरिकी विदेशमन्त्रालये काबुल विमानस्थलमा प्रतिक्षा गरिरहेका आफ्ना नागरिकलाई सावधान गराउँदै उक्त ठाउँ तत्काल छोड्न भनेको हो । युकेले अफागानिस्तानको सुरक्षा अवस्था अस्थिर रहेको र आतंकरीले आक्रमण गर्न सक्ने संभावना उच्च रहेकोभन्दै सुरक्षित स्थानमा जान र थप सुझावको प्रतीक्षा गर्न भनेको छ । बीबीसी/अलजजिरा

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780