चौबीस घण्टामा २ हजार ६५ संक्रमित थपिए, २५ जनाको मृत्यु

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ११७ वटा नमुनाको परीक्षण गर्दा २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा २५ जनाको मृत्यु पुष्टि भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस