पुल निर्माण कार्य पूरा नहुँदै ‘विंगवाल’भासियो

सप्तरी, २० भदौ । छिन्नमस्ता गाउँपालिका–२ स्थित घोरदह नदीमा पुल निर्माण कार्य पूरा नहुँदै ‘विंगवाल’ (पिलरको पाखा) भासिएको छ । रमपुरा र माेहनपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने पुल सञ्चालनमा नआउँदै विंगवाल भासिएको हो ।

चौतर्फीको आलोचनापछि निर्माण कम्पनीले हतार–हतार गरेर पुल निर्माण गर्न लागेकोले विंगवाल भासिन पुगेको स्थानीय विनोद कुमार साफीले बताए । ‘हामीले विंगवाल नयाँ तयार गर्नुपर्छ भन्दै आए पनि निर्माण कम्पनीले मनोमानी ढंगले कार्य गर्दै आएको छ’ उनले भने–‘पुलमा पनि कमसल सामग्री प्रयोग भएको हुनसक्ने सम्भावना पनि उतिनै छ ।’

उनका अनुसार २०६६ सालमा कुल १ करोड २५ लाख रुपैयाँको टेण्डर पाएर ‘आशिष निर्माण सेवा’ले निर्माण कार्य थालेका थिए । यद्यपी, कम्पनीले ११ वर्षसम्म पनि कार्य पूरा गर्न नसकेको उनको भनाई छ । ‘पछिल्लो समयमा निर्माणको आलोचना हुन थालेपछि गत मंसिरतिर कम्पनीले पुनः निर्माण कार्य सुरु गरे’ उनले भने–‘आलोचनापछि दवावमा परेका कम्पनीले जसरी पनि पुल निर्माण गर्न जुटे तर कस्तो निर्माण कार्य भइरहेको छ, त्यसतर्फ कसैको पनि ध्यान पुगेको छैन् ।’

अर्का स्थानीय अर्जुनकुमार मण्डलले सडक डिभिजन कार्यालय लहान र जनप्रतिनिधिले चासो नदेखाउँदा निर्माण सुरु भएको एक दशकबढी भइसक्दा पनि पुल निर्माण कार्य अलपत्र नै रहेकोप्रति दुःख व्यक्त गरे ।

‘दशकैंदेखि जोखिम मोलेरै यहाँका सर्वसाधारण नदी वारपार गर्थे’ उनले भने–‘पुल नहुँदा गाउँका कोही विरामी पर्दा वा गर्भवति महिलालाई व्यथा लाग्दा एम्वुलेन्ससम्म पनि गाउँमा पुग्ने अवस्था छैन, अहिले पुनः पुल निर्माण सुरु हुँदा खुशी लागेको छ तर मनलाग्दी भइरहेको कार्य हेर्दा यो खुशी केही क्षणसम्म रहने चिन्ता पनि लागिरहेको छ ।’ पुल गुणस्तरीयताको विषयमा वुझ्न खोज्दा निर्माण कम्पनी भेट्न समेत नमानिरहेको उनको गुनासो छ ।

उता, निर्माण कम्पनीका मुकेश यादवले विंगवाल स्टिमेटमै नरहेको बताए । ‘स्टिमेटमै छैन विंगवाल तर पनि हामीले माटो रोक्नकालागि बनाएका थियौं’ उनले भने–‘पछि त्यस ठाउँमा बोल्डर र जालीको विंगवाल बनाउँछौं, त्यही नै स्टिमेटमा पनि छ र हामीले गुणस्तरीय रुपमा पुल निर्माण कार्य हुँदैछ ।’

११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !

समाचार प्रभावः ११ वर्षदेखि अलपत्र पुलको निर्माण सुरु

Author:



क्याटोगरी छान्‍नुहोस