अपहरण मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

राजविराज । सप्तरीमा अपहरण मुद्दाका एक फरार प्रतिवादीलाई दश वर्षपछि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–७ का ४५ वर्षीय शिव कुमार मण्डल छन् ।

मण्डलले ०६७ माघ १३ गते तत्कालीन ब्रह्मपुर गाविस–७ का ४५ वर्षीय जसकरण चौधरीलाई अपहरण गरेका थिए । सोही मुद्दामा सप्तरी जिल्ला अदालतले ०७१ बैशाख ३ गते मण्डललाई ९ वर्ष कैद र १ लाख ५३ हजार १३३ रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

फरार रहेका मण्डललाई विहिवार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लले बताए । मण्डललाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस