दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन्छः यादव

काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले भने–‘दल विभाजन सम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउनेछ ।’

दल विभाजन सम्बन्धी अध्यादेश खारेजी गर्नुपर्ने अध्यक्ष यादवको कथन छ । ‘पहिलो, कुरा त सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन् । दोस्रो कुरा यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ । र, त्यो खारेज हुने बित्तिकै मन्त्रिपरिषद्क विस्तार हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस